Sunday, May 31, 2009

Day 8: Using Illegal vehicle worth 10 million

प्रधानमन्त्री हुनेबित्तिकै प्राधिकरणको गाडी

विकास थापा

काठमाडौं, माधवकुमार नेपाल प्रधानमन्त्री भएलगत्तै मुख्यसचिव भोजराज घिमिरेले विद्युत प्राधिकरणका उच्च अधिकारीलाई टेलिफोन गरे, 'प्रधानमन्त्रीज्यूलाई एउटा राम्रो गाडी चाहियो ।'

प्राधिकरणले मुख्यसचिवको आदेश तत्काल तामेल गर्‍यो । र, व्यवस्था गरिहाल्यो, 'बन्दै गरेको चमेलिया जलविद्युत आयोजनाको झन्डै एक करोड रुपैयाँ पर्ने टोयोटा जीप ।' प्राधिकरणले आयोजनासँगै यस्ता महँगा आठवटा गाडी झिकाएको थियो ।

प्रधानमन्त्री नेपालले चढेको गाडी अवैध छ । चमेलियाले ठेकेदारमार्फत प्राइभेट तबरमा झिकाएकाले नम्बर प्लेट पनि रातो छ । अहिले त्यही नम्बरलाई राखेर 'बा १ झ' मात्र बनाइएको छ । अघिल्ला जलस्रोतमन्त्रीले पनि यसैगरी प्राइभेट नम्बर प्लेटलाई सरकारी बनाएका थिए । 'प्रधानमन्त्री र मन्त्रीले चढेको गाडीको नम्बर प्लेट नक्कली छ,' स्रोतले भन्यो, 'यही नम्बर अर्काे सरकारी गाडीमा पनि छ ।'

अघिल्ला प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि प्राधिकरणले यसैगरी चमेलियाकै गाडी दिएको थियो । प्रधानमन्त्रीबाट हटिसकेपछि पनि दाहालले प्राधिकरणको गाडी फिर्ता गरेका छैनन् । 'यो त चलन नै भयो नि,' प्राधिकरणका एक अधिकारीले भने, 'प्रधानमन्त्रीहरूले प्राधिकरणको गाडी लगेपछि फिर्ता नगर्ने ।'

चमेलिया आयोजनाका नाममा झिकाइएका महँगा गाडी ठूला नेता र उच्च ओहदाका कर्मचारीलाई प्राधिकरणले यसरी नै 'उपहार' दिँदै आएको छ । चमेलियाका गाडी चढ्नेमा जलस्रोतमन्त्री, जलस्रोत सचिव, प्राधिकरणका कार्यकारी निर्देशक मात्र होइनन्, अन्य पहुँचवाला पनि छन् ।

नेपाल प्रधानमन्त्री बन्ने पक्का भएपछि सोही दिन एमालेका प्रभावशाली नेता केपी ओलीले पनि मध्यमस्र्याङदी आयोजना प्रमुखले चढ्ने सबैभन्दा महँगो गाडी लगेको स्रोतले बतायो । प्रधानमन्त्री नेपालले लगेको गाडी पैसा दिने गरी प्राधिकरणले दिएको एक अधिकारीले दाबी गरे । 'किन्ने गरी लग्या हो, यो पहिलेकै मोडालिटी हो,' उनले भने, 'दिनलाई के भो र ? प्रधानमन्त्रीका लागि भनी मागेपछि दिनैपर्‍यो ।'

यसअघि राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई पनि प्राधिकरणले चमेलियाकै दुई गाडी दिएको थियो ।

स्रोतका अनुसार जति पनि प्रधानमन्त्री हुन्छन् तिनले प्राधिकरणकै गाडी चढ्छन् र पदबाट हटेपछि फिर्ता गर्दैनन् । यसमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, शेरबहादुर देउवा र पुष्पकमल दाहालसमेत छन् ।

यसबारे प्राधिकरणका प्रवक्ता एवं सामान्य सेवा विभाग प्रमुख दण्डपाणि बस्यालले ठूला हाकिममार्फत पठाइएकाले आफूलाई विस्तृत विवरण र गाडी नम्बर थाहा नभएको बताए ।

Posted on: 2009-05-31 20:58:58

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=197011


प्रधानमन्त्री–सभामुख भेटर्वार्ता

अवरुद्ध संसद सुचारु गर्ने विषयमा छलफल

काठमाडौं, १८ जेठ (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपाल र सभामुख सुवास नेम्वाङबीच सोमबार साँझ भेटर्वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटर्वार्तामा संसदमा जारी माओवादी अवरोध अन्त्य गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार विण्णु रिजालले जानकारी दिए।
माओवादीको राष्ट्रपतिको कदम विरुद्धको संकल्प प्रस्तावलाई छलफलका लागि संसद प्रवेश नगराउने सभामुखको निर्णय पश्चात माओवादीले संसदमा अवरोध जारी राखेको छ। भेटघाट माओवादी अवरोधका कारण अवरुद्ध संसद सुचारु गर्ने र राजनीतिक सहमतिका लागि पहल गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ।


source:

आठ जर्नेलको म्याद थप्ने निण्र्ााकार्यान्वयन नगर्न रक्षामन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

2009-06-01 19:15:17

प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली सेनाका आठ जर्नेलको म्याद थप्ने निर्ण्र्ााकार्यान्वयन नगर्न रक्षामन्त्री विद्या भण्डारीलाई निर्देशन दिनुभएको छ । रक्षामन्त्रीको निर्ण्र्ााप्रति आपत्ति जनाउँदै गएराति नै प्रधानमन्त्रीले निर्ण्र्ााकार्यान्वयन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार रक्षामन्त्रीले प्रधानमन्त्रीसित सल्लाह नै नगरी माओवादी नेतृत्वको पर्ूव सरकारले अवकाश दिएका आठ जर्नेलको म्याद थप्ने निर्ण्र्ाागर्नुभएको थियो । आफूसित सल्लाह नै नगरी अदालतमा विचाराधीन मुद्दामा हात हालेर गल्ती गरेको भन्दै प्रधानमन्त्रीले रक्षामन्त्रीसित आक्रोश व्यक्त गरेको स्रोतको भनाई छ । एकलौटी किन निर्ण्र्ाागरेको भनेर प्रधानमन्त्रीले प्रश्न गर्दा रक्षामन्त्री मौन बस्नुभएको थियो । अदालतमा विचाराधीन मुद्दामा आफूखुशी निर्ण्र्ाागरेर रक्षामन्त्रीले माओवादीलाई आलोचना गर्ने ठाउँ दिएको भन्दै एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताले यसबारे प्रधानमन्त्रीसित गंभीर चासो समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री आफै केही जर्नेललाई निरन्तरता दिने र केहीलाई विगतका व्यवहार नराम्रो रहेको भन्दै अवकाश दिने तयारीमा रहेपनि रक्षामन्त्रीको एकलौटी निर्ण्र्ााे उहाँ अप्ठेरोमा परेको स्रोतको भनाई छ । माओवादी नेतृत्वको पर्ूव सरकारले अवकाश दिएका जर्नेल पवनबहादुर पाण्डे, नरेन्द्र रावल,रमेश विष्ट, नरबहादुर कँडेल, राजु प्रताप केसी, शिवकुमार पौडेल, रमेश बुढाथोकी र प्रदीप विक्रम राणाको रक्षामन्त्रीले हिजो म्याद थप्ने निर्ण्र्ाागर्नुभएको थियो ।

source:

http://www.unn.com.np/news_detail.php?id=2732




Madhav Kumar Nepal: Use Me

Min Ratna Bajracharya



विष पिउन तयार छु : प्रधानमन्त्री

Day 7: Shivaji Madhav Kumar Nepal


विष पिउन तयार छु : प्रधानमन्त्री


प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ
चन्द्रनिगाहपुर जेठ १७ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले आफू मुलुकको अन्यन्त जटिल अवस्थामा प्रधानमन्त्री हुन पुगॆको बताउँदै सहमति र सहकार्यका लागि आलोचनाको विष पिउनसमेत तयार रहेको बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा आइतबार आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री नेपालले विपक्षीहरु आफ्नो विरुद्ध विष वमन गर्न लागिपरे पनि  आफू सु-संस्कृत प्रधानमन्त्री र नागरिक बन्न चाहेको सुनाए।

"देश निर्माणका लागि म ती विष पिएर नीलकण्ठ बन्न चाहन्छु," उनले भने- तर सहमतिको वातावरण बिग्रन दिन्न।"  

प्रधानमन्त्री भएपछि पहिलो गृह जिल्ला भ्रमणका क्रममा यहाँ आइपुगेका नेपालले एकिकृत माओवादीलाई सरकारमा सामेल हुन आह्वान गरे। विगतको १२ बुँदे समझदारी अझै अन्त्य भइनसकेको बताउँदै प्रधानमन्त्रीले सहकार्य गरेर नै बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए।

"अझै धेरै गर्न बाँकी छ", उनले भने - "सहकार्यका आधारमा मात्र ती 'मिसन' पूरा गर्न सकिन्छ।" संविधान निर्माणका लागि एकिकृत माओवादीको पूर्ण सहयोग र साथ चाहिने कुराको आफूलाई राम्रो ज्ञान भएको पनि उनले बताए ।

प्रधानमन्त्री नेपालले मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन लाग्ने बताए । विगतका दिनमा पनि मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई गरॆका तर्क दिँदै उनले अहिले त एक हप्ता पनि नलागेको सुनाए।

"पहिलेका सरकारका पालामा १७ दिन लागेको थियो", उनले हाँस्दै भने- "अहिले त एक हप्ता पनि भएको छैन।" उनले कुनै पार्टी फुटाउन आफूहरु लागि नपरेको बताए। मधेशी जनअधिकार फोरमका अध्यक्षले लगाएको आरोपप्रति संकेत गर्दै आफूहरु पार्टी फोड्न लागि नपरको सुनाए।

"हामी चाहन्छौं सबै पार्टीका विवाद छिट्टै व्यवस्थापन होस्"- उनले भने। फोरमले आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता नहुने दाबी पनि उनको थियो।

चर्चित भिडियो प्रकरण र त्यसमा माओवादी अध्यक्षले जनमुक्ति सेनाको संख्याबारे बोलेको कुराप्रति उनले टिप्पणी गर्न चाहेनन्। सरकार लडाकुको पुनः प्रमाणीकरण गर्न चाहन्छ त भन्ने पत्रकारको प्रश्नमा यससम्बन्धी कुनै कुरा अगाडि नबढेको उनले सुनाए।

प्रधानमन्त्रीलाई कालो झण्डा

प्रधानमन्त्री मञ्मा बोलिरहँदा एकिकृत माओवादीका एक कार्यकर्ताले प्रधानमन्त्रीतर्फ लक्षित गर्दै कालो झण्डा फ्याँकेका थिए। प्रधानमन्त्रीले उक्त घटनाको जानकारी पाउनुअगावै सुरक्षाकर्मीले ती युवकलाई नियन्त्रणमा लिएका थिए।

रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा अभिनन्दन तथा स्वागत समारोहमा प्रधानमन्त्री नेपालले बोलिरहेका बेला कार्यक्रमस्थलको मञ्च छेउमा आएर कालो झण्डा फाल्न खोज्ने वाइसीएलका राजकुमार सिंह र कमल पहरीलाई प्रहरीले पक्राउ गरेको थियो।

राष्ट्रपतिको कदम नसच्चिएसम्म एमालेको कार्यक्रम बहिष्कार गर्ने भन्दै ती दुई कार्यकर्ताले कालो झण्डा देखाएका हुन। उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेपछि एमालेका कार्यकर्ताले कुटपिट  गरेका थिए।

प्रधानमन्त्री नेपाल रौतहटको यसै क्षेत्रबाट माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका हुन्। संवोधनको क्रममा उनले आफू पराजित भए पनि क्षेत्र नं‍. ६ का मतदाताप्रति धन्यवाद व्यक्त गरे ।

नारायणी अञ्चलबाट दुई प्रधानमन्त्री

संवोधनका क्रममा प्रधानमन्त्री नेपालले नरायणी अञ्चलले सानो अवधिमा दुई प्रधानमन्त्री पाएको सुनाए। "गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री चितवनबाट भए", उनले हाँस्दै भने- " दोस्रो म आफैं रौतहटबाट भएँ।" प्रधानमन्त्री कुन पार्टीले पायो भन्दा पनि यो क्षेत्रले पाएको भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए ।

कर्कटपाता उड्दा सशस्त्र प्रहरीका डिआइजी घाइते

प्रधानमन्त्री चढेर आएको हेलिकोप्टर बिहान साँढे ११ बजेतिर चन्द्रनिगाहपुरस्थित जनज्योति उच्च माविमा ल्याण्ड गर्ने क्रममा हावाले नजिकैको घरबाट उडाएको कर्कटपाताले लागेर सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाका डिआइजी शैलेन्द्र श्रेष्ठको गोडामा चोट लागेको थियो । नजिकैको मेडिकलमा सामान्य उपचारपछि उनी बाहिनी फर्केका थिए ।

पत्नीसहित आएका प्रधानमन्त्री नेपालले रौतहट सदरमुकाम गौर पुगी त्यहाँका सरकारी कर्मचारीलाई निर्देशन पनि दिएका थिए।

source:

http://www.nagariknews.com/politics/party-politics/1499-2009-05-31-09-47-24.html



Saturday, May 30, 2009

Day 6: Nepal Chants Consensus

Nepal chants consensus
Kantipur Report
KATHMANDU, May 31 - Prime Minister Madhav Kumar Nepal said on Saturday that politics of consensus alone can take the peace process to a logical conclusion and bail the country out of crisis.

“We are in the middle of a journey for consensus and collaboration,” said Nepal, stressing the need for consensus, collaboration and unity among political parties to make the peace process and constitution-making process a success.

The chief executive pledged to leave no stones unturned for the sake of peace and timely drafting of the Constitution.

Nepal was speaking at a function to inaugurate the Civil Service Hospital at Minbhawan.

Meanwhile, the prime minister is leaving for his hometown Rauthat on Sunday. It will be his first visit to Rautahat after assuming the high office. According to the prime minister's Chief Adviser Raghuji Panta, Nepal will leave for Rauthat in the morning and return to the Capital in the afternoon.

Posted on: 2009-05-30 20:38:47 (Server Time)

source:

Friday, May 29, 2009

Day 5: Republic Day


Prime Minister Madhav Kumar Nepal addresses the function organised to mark the first republic day at Tundikhel in Kathmandu on Friday. Also, seen in the picture are President Dr Ram Baran Yadav (right in second row), Vice President Parmananda Jha (middle) and Constituent Assembly Chairman Subash Chandra Nemwang (left).
(Photo : Narendra Shrestha)
source: ekantipur.com




BLAST FROM THE PAST



Thursday, May 28, 2009

Day 4: Wont use Prachanda's bed


प्रधानमन्त्रीले एक लाख मूल्यको खाट प्रयोग नगर्ने



काठमाडौं, जेठ १३ (नागरिक)- शनिबार प्रधानमन्त्रीमा चयन भएका र सोमबार सपथ ग्रहण गरेका प्रधानमन्त्री माधवकुमार नेपाल बुधबार सरकारी निवास बालुवाटार सरेका छन्।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयोग गरेको एक लाख दश हजार रुपैया पर्ने खाट प्रधानमन्त्री नेपालले प्रयोग नगर्ने  उनका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए। नेपालले उक्त खाटलाई आफ्नो सयन कक्षमा नराख्‍न कर्मचारीलाई निर्देशन दिए।

"उनले सामान्य खाट प्रयोग गर्नेछन्," रिजालले भने।

पूर्व प्रधानमन्त्री दाहालले प्रधानमन्त्री भएपछि महंगो खाट किनेको भन्दै दाहालको आलोचना भएको थियो। तर दाहालले आफ्नो जानकारी बिना कर्मचारीले उक्त खाट किनेको बताएका थिए।

आफ्नो ९० वर्षीय बाबुसहित बालुवाटार सरेका प्रधानमन्त्री नेपालले बाबुका लागि सरकारी निवास भित्रै पूजाकोटाको व्यवस्था गरेका छन्।

प्रधानसेनापति प्रकरणको अन्त्य गर्न जिम्मा प्रधानमन्त्रीमा 
प्रधानमन्त्री नेपालले प्रधानसेनापतिमा देखिएको विवाद टुङ्गाउने जिम्मा आफूले लिएका छन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानसेनापतिमा देखिएको विवाद टुङ्गाउने जिम्मा  प्रधानमन्त्रीलाई दिएको हो। 

यसअघि सरकारलाई समर्थन दिएका २२ दलको बैठकले विगतको पुष्पकमल दाहाल प्रधानमन्त्रीत्व सरकारले गरेको प्रधानसेनापति सम्बन्धि निर्णयलाई उल्टाउन प्रधानमन्त्रीसँग अनुरोध गरेको थियो। 

दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति रुक्मामङ्द कटवाललाई पदबाट हटाएर वलाध्यक्ष रथी कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति पदमा ल्याएको थियो। 

मन्त्रिपरिषद्ले कोशी कटान क्षेत्रको तुरुन्त निरिक्षण गर्न रक्षा, गृह र भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवलाई त्यस तर्फ पठाउने निर्णय पनि गरेको छ।

बैठकले जेठ १५ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने र सोही दिन रत्‍नपार्कमा गणतन्त्र स्तम्भको शिलान्यास गर्ने निर्णय पनि गरेको अर्थमन्त्री सुरेन्द्र पान्डेले जानकारी दिए।

प्रधानमन्त्री माधव नेपालले भने अहिले पनि प्रधानसेनापति कटवाल नै भएको प्रतिक्रिया दिएका छन्। बिबिसी नेपाली सेवासँगको अन्तरवार्तामा नेपालले प्रधानसेनापति कटवाल नै भएको र पुरानो सरकारी निर्णयलाई छिट्टै परिवर्तन गरिने बताए। 

राष्ट्रपति रामवरण यादवले दाहाल सरकारको निर्णयलाई कार्यान्वयन नगर्न सैनिक मुख्यालयमा पत्र पठाए पछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका थिए।

source:
http://www.nagariknews.com/politics/party-politics/1345-2009-05-27-03-05-44.html


प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष प्रचण्ड भेट

काठमाडौं,१४ जेठ(दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । 
माओवादी अध्यक्ष निवास नयाँ बजार पुगेर प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । दिनभर भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । जवाफमा प्रचण्डले अहिले सरकारमा सहभागि हुने अवस्था नरहेको बताएका थिए । 
भेटमा प्रधानमन्त्री नेपालले हिउँदे अधिवेशन अन्त्यका विषयमा पनि माओवादी अध्यक्षसँग छलफल गरेका थिए 


source:

http://www.dainikee.com/newsdetail-7203.html#


Wednesday, May 27, 2009

Day 3:Says Office of the High Commissioner for Human Rights (OHCHR) in Nepal is insignificant

'सेनापति हटाउने निर्णय सच्याउँछौ'
नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई अवकास दिने पूर्ववर्ती सरकारको निर्णय उल्टाउने संकेत दिएका छन्।

माधवकुमार नेपाल(दायां) रवीन्द्र मिश्रसंग
नवनियुक्त प्रधानमन्त्रीले शान्ति प्रकृयालाई निश्कर्षमा पुर्‍याउन प्राथमिकता दिने कुरा बताए

मन्त्रिमण्डलले पूर्णता पाएपछि जतिसक्दो चांडो त्यसबारे निर्णय गर्ने प्रधानमन्त्रीले बताए।

प्रधानमन्त्री भएपछि दिएको आफ्नो पहिलो अन्तर्वार्तामा बीबीसी नेपाली सेवाका काठमाण्डू स्थित प्रमुख रवीन्द्र मिश्रसंग कुरा गर्दै माधवकुमार नेपालले भने, “स्वभाविक रुपमा प्रधानसेनापति रुक्माङ्गद कटवाल रहने कुरा त प्रष्ट छ। त्यसमा द्विविधा राख्नु पर्ने कुनै आवश्यकता छैन।”

उनको सरकारलाई समर्थन गरेका २२ वटा पार्टीहरुको बुधवार भएको संयुक्त बैठकले पनि अघिल्लो सरकारले गरेको निर्णय सच्याउन उनलाई आग्रह गरेको छ।

सेनापति कटवाललाई दिएको अवकास राष्ट्रपति डा.रामबरण यादवले लागु हुन नदिएकै कारण एकिकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएपछि नेपाल नयाँ प्रधानमन्त्री बनेका हुन्।

प्राथमिकता

प्रधानमन्त्रीले शान्ति प्रकृयालाई निश्कर्षमा पुर्‍याउने र नयाँ संविधान लेख्ने कुरालाई आफ्नो सरकारले मुख्य प्राथमिकता दिने बताए।

शान्ति प्रकृयाको एउटा पक्ष माओवादीको सहयोग र समर्थन विना नयाँ संविधान लेख्न आवश्यक दुई तिहाई बहुमत पुग्ने छैन।

उसले नेपालको नवगठित सरकारलाई मान्यता नदिने घोषणा गरेको छ।

राष्ट्रपतिको कदमलाई ‘कू’ को संज्ञा दिँदै माओवादीले त्यो नसच्याउँदासम्म सडक र संसदमा आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

हारेका मानिस

प्रधानमन्त्री नेपाल संविधानसभाको चुनावमा दुईवटा क्षेत्रमा हारेका थिए।

चुनावमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै उनले १५ बर्षदेखि सम्हाल्दै आएको पार्टी महासचिवको पदबाट पनि राजिनामा दिएक थिए।

तर पछि माओवादी सहितको आग्रहमा संविधानसभामा मनोनित भई उनी संविधान लेख्ने सम्वैधानिक समितिको सभापति हुन पुगेका हुन्।

नयाँ संविधान लेखेर चुनाव गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नेछु
माधवकुमार नेपाल,प्रधानमन्त्री

त्यसको केही महिनामैं नेता नेपाल, नेपाली कांग्रेसको प्रस्तावमा प्रधानमन्त्री समेत बन्न पुगे।

" तपाईँलाई त्यसबारे अप्ठेरो लागेन? " भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री नेपालले भने, “नेपालमा धेरै मान्छे छन्। सबै पार्टीले मेरै आवश्यकता किन महसुस गरे त? मैले हुन्न-हुन्न भन्ने, अरुले आउनु पर्छ-पर्छ त भनेकै हो नि। म आफै हात जोडेर विन्ती गर्दै अरुको पछाडी-पछाडी कुदेर पद मागेको होइन।”

उनले आफूले संविधानसभा सदस्य मनोनित हुन नमान्दा तत्कालिन प्रधानमन्त्री प्रचण्डले चिठ्ठी लेखेर र घण्टौँ भेटेर समेत आग्रह गरेको बताए।

'बिषबृक्ष'

निवर्तमान प्रधानमन्त्री प्रचण्डले संविधानसभामा एमाले नेता नेपालको मनोनयनको निम्ति आफूले गरेको प्रयासको स्मरण गर्दै उनीप्रति अहिले निकै क्रुद्ध ढंगले प्रस्तुत हुने गरेका छन्।

आफ्नो उत्तराधिकारीको रुपमा नेपाल प्रधानमन्त्रीमा नियुक्त भए पछि प्रचण्डले भनेका थिए, “अमृत भनेर रोपेको त विषबृक्ष बनेर निस्किए।”

त्यस प्रसंगमा प्रधानमन्त्री नेपालको जवाफ थियो, “रिसमा यस्तो अभिव्यक्ति आउँछ, के गर्ने? रिसमा मान्छेले विवेक गुमाउँछ।”

माओवादी नेतृत्वको सरकार झैँ नेपालको सरकारको कार्यकाल पनि छोटो हुने आशंका र अनुमान पनि भइरहेको छ।

तर त्यो सम्भावनाको खण्डन गर्दै उनले नयाँ संविधान लेखेर चुनाव गरी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने विश्वास दर्शाएका छन्।

source:

http://www.bbc.co.uk/nepali/news/story/2009/05/090527_pmiv.shtml


PM Nepal finds OHCHR insignificant
Kantipur Report
KATHMANDU, May 27 - KATHMANDU, May 27 - Newly elected Prime Minister Madhav Kumar Nepal Wednesday opined that the role of Office of the High Commissioner for Human Rights (OHCHR) in Nepal is insignificant.

He accused the UN rights body of “paying attention to political events and neglecting major incidents of human rights violation” and said renewing its tenure is unnecessary.

Addressing a programme organised to mark the ninth anniversary of Naitonal Human Rights Commission (NHRC), Prime Minister Nepal informed that the mandate of the OHCHR has been extended by only three months although three years extension was demanded.

He further went on to suggest the OHCHR to focus on human rights instead of political events stating the political parties can resolve their problems.

On the same occasion, NHRC Chairman Kedarnath Upadhyaya stated that the rights body alone cannot guarantee human rights without the help of parties.

He also complained that only four percent of its recommendation has been implemented so far.

The major challenges now are making public the whereabouts of the disappeared ones, return of the property seized during armed conflict and action against human rights offender, he added.

The mandate of the OHCHR-Nepal set out in the April 2005 Agreement between the UN High Commissioner for Human Rights and the government includes ― 1. Monitor the observance of human rights and international humanitarian law throughout the country, including by carrying out investigations; 2. Advise the authorities of Nepal on the formulation and implementation of policies, programmes and measures for the promotion and protection of humanrights in Nepal; 3. Provide advisory services and support to the National Human Rights Commission, representatives of civil society, human rights NGOs and individuals; 4. Submit analytic reports to the Commission on Human Rights and the General Assembly.

Posted on: 2009-05-27 07:17:22 (Server Time)

source:


Tuesday, May 26, 2009

Day 2: Address to the Nation

प्रधानमन्त्री माधवकुमार नेपालको राष्ट्रका नाममा सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध संघर्षमा रगत बगायौँ। हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं। यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ। म आफ्नो अमूल्य जीवन उर्त्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु। वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु।

म आफ्नो पहिलो सम्बोधन नेपाली जनताद्वारा निर्वाचित र्सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका-संसदभित्र गर्न चाहन्थेँ। तर, सरकारले पूर्णता नपाइसकेको र अन्य दलहरूसँग नीति तथा कार्यक्रमलगायतका विषयहरूमा अझै छलफल चलिरहेको अवस्थालाई ध्यानमा राख्दै नेपाली जनता समक्ष आफ्ना विचारहरू राख्न चाहेको हुँ।

संघर्षका लामा, कठीन र ऐतिहासिक चरणहरू पार गर्दै नेपाल नयाँ युगमा प्रवेश गरेको छ। सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। हिंसा र प्रतिहिंसाको पीडापूर्ण शृङ्खला अन्त्य गर्दै हामी शान्तिको मार्गमा अघि बढेका छौं। पहिलो चोटी र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनता आफ्नो संविधान आफैले निर्माण गर्न संविधानसभा गठन गर्न सफल भएका छौँ। हामीले गठन गरेको संविधानसभा समावेशीकरणका दृष्टिले अनुपम छ। महिला, आदिवासी-जनजाति, मधेसी, थारु, दलित, मुस्लिम, पछाडि पारिएका क्षेत्रका जनतालगायत नेपाली जनताले विगतमा गरेका आन्दोलनमा विभेदकारी राज्यसंरचनाको अन्त्य गर्दै सङ्घीय, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने इच्छा प्रकट भएको छ। विगतका सरकारले विभिन्न पक्षसँग गरेका सहमति र सम्झौतालाई मैले नयाँ नेपाल निर्माणको आधारका रूपमा लिएको छु। म जोड दिएर भन्न चाहन्छु- अहिलेसम्म हामीले जे जति उपलव्धिहरू प्राप्त गरेका छौंँ, यो तपाई हाम्रो साझा मिहिनेतको प्रतिफल हो। भविष्यप्रतिको हाम्रो आशाको आधार पनि यही नै हो।

न्यायप्रेमी जनसमुदाय,

नयाँ युग निर्माणका निम्ति कर्ीर्तिमानी योगदान गर्नुहुने तपाईहरू सबैलाई म हार्दिक अभिनन्दन गर्दछु।

ऐतिहासिक जनआन्दोलनको सफलतापश्चात् हामीले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका थियौँ। सङ्क्रमणको अत्यन्त जटिल र असहज मोडमा शान्ति स्थापना, संविधानसभा निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। म उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु।

सविधानसभाबाट गणतन्त्रको कार्यान्वयन गरिएपछि त्यसको संस्थागत विकासका लागि महत्वपूर्ण आधारशीला निर्माण गर्नु अर्को चुनौतीपूर्ण काम थियो। राष्ट्रपतिको निर्वाचनपछि जीत-हारको असहज परिस्थितिका बीचमा पनि मेरो दलले संविधानसभाको जनादेशलाई हृदयङ्गम गर्दै नेकपा (माओवादी) लाई नेतृत्वको जिम्मेवारी दिन पहल गरेको थियो। निवर्तमान प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले झन्डै नौ महिना उक्त जिम्मेवारी निर्वाह गर्नुभयो। म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका सकारात्मक कामहरूलाई उत्तराधिकारमा लिँदै अगाडि बढ्नेछ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रिय एकता, अखण्डता र संविधानको संरक्षणका लागि अभिभावकीय भूमिका खेलिरहनुभएको छ। म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

मुलुकले गम्भीर चुनौती सामना गरिरहेको यस घडीमा प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्नका लागि ममाथि विश्वास सुम्पिनु हुने सबै राजनीतिक दलका नेताहरू, राजनीतिक दलहरू र माननीय सभासद्हरूप्रति म कृतज्ञ छु। मलाई थाहा छ- नयाँ सरकारको आगामी बाटो सहज छैन। तर, जब म विगतमा परस्पर निषेधकारी सम्बन्ध रहेका हामीले दिगो शान्तिको खोजीमा ज्यान हत्केलामा राखेर तय गरेको मुलुकभित्र र बाहिरका कष्टपूर्ण यात्रा सम्झिन्छु, लोकतन्त्र स्थापनाका निम्ति संयुक्त शान्तिपूर्ण आन्दोलनमा हामी सबै एक भएको कुरा सम्झिन्छु र टुट्न लागेका वार्ता र समझदारीको धागोलाई जोड्न सफल भएका अनेकौं पलहरू सम्झिन्छु। मलाई लाग्छ, आजका चुनौतीका पहाडहरू तिनका तुलनामा निकै होचा छन्। मेरो दृढ विश्वास छ- जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदल्दै हामी युगले सुम्पेका ऐतिहासिक अभिभाराहरू पूरा गर्न सफल हुनेछौँ।

संविधान निर्माण यतिबेला हामी सबैको र्सवाधिक महत्वको अभिभारा हो। जनताले राम्रो मात्र होइन, 'हाम्रो' पनि भन्न पाउने गरी एक बर्षभत्र संविधान निर्माण गर्नु चुनौतीपूर्ण अवश्य छ। तर, असम्भव छैन। राज्यको सङ्घीय र समावेशी संरचना, शासकीय स्वरूप, राज्यका सामाजिक-आर्थिक-सांस्कृतिक चरित्र जस्ता महत्वपूर्ण विषयमा रहेका विविध मान्यताबाट सहमतिका आधार पहिल्याउन सरकारले कुनै कसर राख्ने छैन। सहमति, सहकार्य र सहयात्राका विगतका दिनहरूका अनुभवका आधारमा हामी पुनः एकतावद्ध भएर अघि बढ्न र्समर्थ हुनेछौँ। राजनीतिक विवादका वीचमा पनि विना कुनै अवरोध हामीले संविधान निर्माणको कामलाई निरन्तरता दिन सकेका छौँ। आगामी दिनमा पनि संविधानसभा सदस्य र राजनीतिक दलहरूका तर्फाट यसरी नै संविधान निर्माणको काममा सकारात्मक योगदान रहने कुरामा म विश्वस्त छु। म यहाँहरू सबैलाई आश्वस्त तुल्याउन चाहन्छु- हामी निर्धारित समयभित्रै नयाँ संविधान निर्माण गर्नेछौँ।

बाह्र बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रक्रियाले महत्वपूर्ण सफलता प्राप्त गरेको छ। तर पनि, यसलाई पूर्णता दिन अझै धेरै गर्न बाँकी छ। पछिल्ला दिनमा देखा परेका असमझदारीले नेपालको शान्ति प्रक्रियालाई खल्बलाउने पो हो कि भन्ने आशङ्का पैदा भएको छ। सङ्क्रमणकाल लम्बिदै जाँदा नेपाली जनताले अकल्पनीय पीडाको अनुभूति गर्नु परिरहेको छ। तर, म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु- नेपाली आकाशमा देखा परेका काला बादल छिट्टै हटेर जानेछन्। नेपाली सेनाले लोकतान्त्रिक परिवर्तन र गणतन्त्रलाई आत्मसात गरी खेलेको सकारात्मक भूमिकाको म प्रशंसा गर्दछु। शान्ति प्रक्रियाको प्रत्येक चरणमा नेपाली सेनाको संवेदनशीलताप्रति सरकार सचेत रहनेछ। सेना समायोजन विशेष समिति मातहत रहेका माओवादी सेनाका लडाकुका संवेदनशीलतालाई आत्मसात गर्दै रेखदेख, पुनर्स्थापना र समायोजन मार्फ् उनीहरूको भविष्यलाई सुनिश्चित गर्ने दायित्व सरकारले गम्भीरतापूवक बहन गर्नेछ।

हिंसा र प्रतिहिंसाले सिर्जना गरेका घाउहरू पुर्दै समाजमा नयाँ स्तरको एकता र मेलमिलाप निर्माण गरिनेछ। विस्थापित र द्वन्द्वको पीडा भोगिरहनुभएका आदरणीय जनसमुदायहरू ∕ ढुक्क हुनुहोस्, राज्यले तपाईंहरूलाई न्याय दिनेछ।

राजनीतिक उद्देश्यका निम्ति हिंसाको प्रयोग र अपराधको राजनीतिकरण हाम्रा सामु गम्भीर चुनौती बनेको छ। मध्यतर्राई र पूर्वी पहाडी भेकमा देखिएका हिंसात्मक गतिविधिले त्यहाँकै जनजीवन कष्टप्रद वनेको छ। जसको हितका लागि हिंसाको सहारा लिइएको दावी गरिएको छ, उनीहरू नै पीडित रहेको तथ्यलाई मनन गर्न म सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछु। जनताको शान्तिपूर्ण आन्दोलनबाट बिराट राजनीतिक परिवर्तन गर्न सफल निकट अतीतको स्मरण गराउँदै म सबै पक्षलाई अनुरोध गर्न चाहन्छु- आफ्ना माग पर्ूर्तिका लागि हिंसाको सहारा लिनु बिल्कुलै उचित छैन। वार्ताबाटै समस्याको समाधान खोज्न सकिन्छ। सरकार यसका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुनेछ। तर, नागरिक सुरक्षाका प्रश्नमा सरकारले कुनै अनुचित सम्झौता गर्ने छैन।

विगतमा राज्यले विभिन्न समूहहरुसँग गरेका सहमति र समझदारीहरुलाई दलहरुबीच समन्वय गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ।

आदरणीय जनसमुदाय,

इतिहासले हामीलाई विभेदकारी र केन्द्रीकृत राज्यसंरचना दिएको छ। हामी यसलाई रूपान्तरण गर्न लागेका छौँ। त्यसैले सबै खाले वर्गीय, जातीय, लैङ्िगक, क्षेत्रीय र सांस्कृतिक विभेदको अन्त्य र सामाजिक न्यायले युक्त, समावेशी, सङ्घीय र लोकतान्त्रिक नेपालको निर्माण यतिबेला हाम्रो मुख्य कार्यसूची बनेको छ। राज्यको अग्रगामी पर्ुनर्संरचनाको अर्थ समाजको विविधतालाई राज्यमा प्रतिबिम्बित गर्नु हो, नेपालको नयाँ र लोकतान्त्रिक परिभाषा निर्माण गर्नु हो। तर, आफ्नो पहिचान स्थापना गर्न खोज्दा अरूको पहिचानलाई नामेट या अवमूल्यन गर्नु उचित हुँदैन। त्यसैले मेरो विनम्र आग्रह छ- समग्र राष्ट्रको हितलाई ध्यानमा राखेर पहिचान, पहुँच र प्रतिनिधित्वको विषयलाई नयाँ नेपाल निर्माणको आधारका रूपमा स्थापित गरौँ। हाम्रो सामाजिक-सांस्कृतिक विविधतालाई सम्मान र संरक्षण गर्दै राष्ट्रिय एकतालाई अझ बलियो पारौँ र उन्नत नेपालको निर्माण गरौँ।

नेपाली जनताको महानता, सौर्य र त्यागका लागि 'धन्यवाद' भनेर मात्र पुग्दैन भन्ने मैले राम्रोसँग बुझेको छु। गणतन्त्र र शान्ति प्रक्रियाको लाभांश जनताको घरआँगनसम्म पुग्न सकेन भने यसप्रति जनताको अपनत्व स्थापित हुन सक्दैन र जनताले आफ्नो ठान्न नसकेको राजनीतिक प्रणाली वा प्रक्रिया दर्ीघजीवी हुनसक्दैन भन्ने तथ्यप्रति पनि म सजग छु। राजनीतिक परिवर्तनपछिको समयमा देखिएको अराजकता, असुरक्षा, वढ्दो दण्डहीनता, छाडा र अनियन्त्रित वजारका कारणले आम नेपाली जनताले निकै ठूलो कष्टको सामना गर्नु परिरहेको तथ्यप्रति मेरो गम्भीर ध्यान गएको छ। त्यसैले म आश्वस्त पार्न चाहन्छु- सरकारले जनतालाई अनुभूत हुने गरी राहत र सुधारका तात्कालिक कार्यक्रम अगाडि बढाउनेछ। हामीसँग सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रमहरू छन्, जसलाई कार्यान्वयन गर्न सरकार गम्भीरतापूवक लाग्नेछ। श्रमजीवी,, सीमान्तीकृत र विपन्न वर्गको हित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी अभियान सञ्चालन गर्नेछ।

युवाहरू बेरोजगारीबाट आक्रान्त छन्। सुकुम्वासीहरू घरवारविहीन हुनुको पीडामा छन्। मुक्त घोषणा गरिए पनि कमैयाहरूको पुनःस्थापना हुन सकेको छैन। दलितहरूमाथि अहिले पनि अमानवीय व्यवहार कायमै छ। महिला हिंसामा कमी आएको छैन। बाढी-पहिरो पीडितहरुले उचित राहत पाउन सकेका छैनन्। शारीरिक रुपमा अपाङ्ग नागरिकहरुका पनि उस्तै समस्या छन्। यीलगायतका ज्वलन्त सामाजिक समस्याहरूप्रति म पूर्ण रूपमा संवेदनशील र सचेत छु। यी समस्या समाधान गर्नेतर्फमैले पर्याप्त ध्यान केन्द्रित गर्नेछु।

लोकतन्त्रमा राजनीति भनेको प्रतिष्पर्धा र पहलकदमीवाट नेतृत्व लिने कुरा हो। यो विवाद, सम्वाद र सहमतिका आधारमा सहकार्यको दिशामा अघि वढ्ने प्रक्रिया पनि हो। यही प्रक्रियाबाट नै राजनीतिक दलहरूका बीचमा उच्चस्तरको समझदारी निर्माण गर्न सकिन्छ। सहकार्य र एकताबाट मात्रै चुनौतीका पहाडहरूलाई छिचोल्दै गन्तव्यमा पुग्न सकिन्छ। यही मान्यतामा उभिएर मेरो दलले विगतदेखि नै आफूलाई राष्ट्रिय सहमतिका पक्षमा र कुनै पनि रूपको धु्रवीकरणका विपक्षमा उभ्याउँदै आएको हो। आज त्यस मान्यताको सहीपना झन् टड्कारो गरी पुष्टि भएको छ। त्यसैले राष्ट्रिय सहमति नयाँ सरकारको पहिलो प्राथमिकता हुनेछ। यसको कार्यसम्पादनको मुख्य आधार पनि यही हुनेछ। म एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूलाई परिस्थितिजन्य परिघटनाका रूपमा देखा परेका असमझदारी र तिक्तताबाट माथि उठेर राष्ट्रिय सहमतिका आधार निर्माण गर्न नयाँ अग्रसरताका साथ अघि बढ्न हार्दिक अपिल गर्दछु। यसका लागि सरकार आफ्नो तर्फाट आवश्यक सबै प्रक्रिया र कामहरू अघि बढाउन तत्पर रहने कुरामा विश्वास दिलाउँछु।

लोकतन्त्र, कसैका लागि 'प्रयोग' वा 'उपयोग' गरेर कुनै पनि प्रकारको अधिनायकवादी शासन शैलीमा फड्को मार्ने खुड्किलो होइन। लोकको चाहना र इच्छा अनुसार राजनीतिक दल र नेताहरूले आफूलाई रूपान्तरण गर्दै र देशको नेतृत्व गर्न योग्य सावित गर्दै लैजाने अवसर एवम् विधि हो- लोकतन्त्र। एक बन्दुकका विरुद्ध अर्को बन्दुकको प्रयोग, हिंसाका विरुद्ध प्रतिहिंसा, सैनिक बर्दीमा होस् वा सादा पोशाकमा थोपरिने कुनै पनि प्रकारको अधिनायकवाद लोकतन्त्र वा नागरिक सर्वोच्चता हुन सक्दैन। न त कार्यकारीको स्वेच्छाचारिता नै नागरिक सर्वोच्चता हुनसक्छ। लोकतन्त्र त विधिद्वारा निर्देशित तथा 'नियन्त्रण र सन्तुलनमा' आधारित प्रणाली हो। यसको आफूलाई पायक पर्ने व्याख्या हुन सक्दैन। सामाजिक रूपान्तरण शान्तिपूर्ण ढङ्गले सम्भव छ भन्ने मान्यताको प्रतिनिधिका हैसियतले म यो विश्वास दिलाउन चाहन्छु- नयाँ सरकारको स्थापनाको आधार नागरिक सर्वोच्चता नै हो। यो सरकार नागरिक सर्वोच्चताको प्रतीक हो, जसको निर्माण जनताद्वारा निर्वाचित व्यवस्थापिका-संसद्बाट भएको छ। नागरिक सर्वोच्चताप्रति यो सरकारको प्रतिबद्धता अटल रहनेछ।

नेपाल राष्ट्र कहिल्यै पराधीन रहेन। तर, नेपालको सत्ताकेन्द्रमा द्वन्द्व चर्केका बेला वा आन्तरिक राजनीतिक शक्तिहरू विभाजित भएको बेला हाम्रो स्वतन्त्र अस्मिता, निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास छ। पूर्खाहरूले हामीलाई सिकाएका छन्- 'आफ्नो थैलीको मुख बलियो गरी बाँध, अरूलाई दोष नदेऊ।' यही शिक्षालाई आत्मसात गर्दै हामी एकजुट भएर आफ्नो देशको सुरक्षा, स्वार्थ र स्वाभिमानको रक्षा गर्न सक्छौं। राष्ट्रवाद र विदेशी हस्तक्षेपको विषयलाई पनि आफ्नो निहित स्वार्थमा आधारित वनाएर व्याख्या गर्नु हुँदैन, अनि यसलाई हामीले राजनीतिक दाउपेचको विषय बनाउनै हुँदैन। नेपालको राष्ट्रिय हित, र्सार्वभौमसत्ता, स्वतन्त्र अस्मिता, भौगोलिक अखण्डता, र स्वाभिमानमा ठेस लाग्ने कुनै पनि काम वर्तमान सरकारले गर्नेछैन। राष्ट्रिय हितको संरक्षण र सर्म्बर्द्धन मेरो पहिलो दायित्व हुनेछ। राष्ट्रिय हितका प्रत्येक विषयमा एकताबद्ध हुन सबै राजनीतिक दललाई म हार्दिक अनुरोध गर्दछु।

नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति र समृद्धिका लागि मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र ऐक्यवद्धताबाट हामी लाभान्वित हुँदै आएका छौं। म नेपाली जनताको तर्फाट उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हामी छिमेकी मुलुकहरू र अन्तर्राष्ट्रिय समुदायसँग मित्रवत्, हार्दिक र सम्मानपूर्ण सम्बन्धलाई अझ विकसित गर्न चाहन्छौँ।

अहिले तपाईंहरूका सामु गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीका रूपमा खडा भएको म माधवकुमार नेपाल, तपाईहरू जस्तै एक नेपाली नागरिक हुँ। मेरो पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ। आम नेपाली नेताजस्तै मेरो भागमा पनि कहिले विजयश्री र कहिले पराजय परेको छ। जुनसुकै अवस्थामा पनि राष्ट्र र जनताले आवश्यक ठानेको समयमा मेरो सामर्थ्यको अधिकतम लगानी गर्दै आएको तथ्य यहाँहरूलाई अवगतै छ। म न विषवृक्ष हुँ, न त कल्पवृक्ष नै। तर, म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु, जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ, नसके बाटो हिँड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ। मेरा निम्ति राजनीति कहिल्यै पनि छलकपट, षडयन्त्र या दाउपेचको बिषय रहेन। राजनीतिमा दोहोरो मापदण्डलाई मैले सधैँ घृणा गरेको छु। राजनीतिलाई जहिले पनि राष्ट्र र जनताको सर्वोत्तम हित गर्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा मैले लिँदै आएको छु। एउटा खुल्ला किताबको पाना जस्तै तपाईँहरूका सामु उभिएको यो माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा आफ्नो क्षमताको पल्लै छेउसम्म हाम्रो प्यारो राष्ट्र नेपाल, हामी जनता र हाम्रो उज्ज्वल भविष्य र साझा समृद्धिका लागि समर्पित हुनेछ।

दिदीबहिनी तथा दाजुभाइहरू

म पुनः जोड दिएर भन्न चाहन्छु- शान्ति प्रक्रिया अहिले पनि अधुरै छ। त्यसमा अनेकौँ प्रकारका जटिलता देखा परेका छन्। हामीले संयुक्त रूपमा यहाँसम्म ल्याइपुर्‍याएको शान्ति प्रक्रियालाई मिलेरै टुङ्गोमा पुर्‍याउनर्ुपर्छ। बाह्रवुदे सहमतिदेखि हामीले आरम्भ गरेको सहमति,, सहकार्य र एकताको यात्रालाई विश्राम लगाउने समय यो होइन। म एकीकृत नेकपा (माओवादी) का मित्रहरूलाई टाढा होइन, सँगै बसेर एक-अर्काका कुरा सुन्न र बुझ्न आह्वान गर्दछु। सँगै बसेर कुरा गर्ने हो भने कटुतालाई पनि हार्दिकतामा परिणत गर्न सकिन्छ। हिजो मेरो दल राष्ट्रपति निर्वाचनका सर्न्दर्भमा पाएको धोकाका वावजुद राष्ट्र र जनताप्रतिको दायित्ववोधलाई आत्मसात गर्दै एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा सरकार गठन गर्न सहयोगी बनेको हो र सरकारमा सहभागी पनि भएको हो। अहिले परिस्थितिजन्य कारणले एकीकृत नेकपा (माओवादी) का अध्यक्षले प्रधानमन्त्रीवाट राजीनामा दिनुपरे पनि सहमति र सहकार्यको यात्रालाई विराम लगाउनुपर्ने अवस्था होइन। तर्सथ, म नेपालको शान्ति प्रक्रिया अघि वढाउन एकीकृत नेकपा (माओवादी) लाई वर्तमान सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्दछु।

अन्त्यमा, सपना नदेख्ने कुनै पनि राष्ट्र, संस्था वा नेताले प्रगति गर्न सक्दैन। मेरो पनि एउटा सपना छ- लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल बनाउने। यो सपना तपाई हामी सबैको साझा सपना हो। यो सपना पूरा गर्न पार गर्नुपर्ने लामो यात्राबारे म सचेत छु। मेरो आग्रह छ- आउनुहोस्, लोकतान्त्रिक, शान्त, समतामूलक र समृद्ध नेपाल निर्माणको यो साझा सपना हामी सबै मिलेरै साकार पारौँ।

धन्यवाद।


माधवकुमार नेपाल

प्रधानमन्त्री

१२ जेठ, २०६६

source:

Monday, May 25, 2009

Day 1: sworn in, meets Rakesh Sood

PM Nepal sworn in, inducts two UML leaders in cabinet

Two days after being elected for the top job, Prime Minister Madhav Kumar Nepal was sworn in Monday morning.

President Dr. Ram Baran Yadav administers oath of office and secrecy toewly elected Prime Minister Madhav Kumar Nepal at the Presidential Palace, Shital Niwas, Monday, May 25 09. nepalnews.com/rh

President Dr Ram Baran Yadav administered him the oath amidst a special function held at presidential palace Shital Niwas.

Though the Maoists boycotted the PM's election process on Saturday, their deputy leader in the parliament Narayan Kaji Shrestha and erstwhile communication minister Krishna Bahadur Mahara attended the oath taking ceremony.

Unlike the tradition, Nepal took oath neither in the name of 'God' as stated in the oath paper nor in the name of 'people' as done by his predecessor Pushpa Kamal Dahal. He simply skipped the phrase "in the name of God".

Nepal has formed a three-member cabinet, inducting UML leaders Bidhya Bhandari and Surendra Pandey as defence and finance ministers respectively. After being sworn in by the President, the Prime Minister administered oath to the two ministers.

The Nepali Congress said it will name its ministers only after the number of portfolios in the new cabinet are decided. NC and UML have formed separate committee to finalise the distribution of portfolios.

Another key ally, Madhesi Janadhikar Forum is set to send its team in the government under the leadership of Bijaya Gachchhadar.

Interestingly, the big three parties in the coalition have not shown keen interest in the Home Ministry, which is considered the most powerful portfolio in the wake of growing security problem and likely street demonstrations from the Unified CPN (Maoist).

In the meantime, smaller parties have begun their internal discussion to name their representatives in the government. nepalnews.com ia May 25 09

source:

http://www.nepalnews.com/archive/2009/may/may25/news03.php


चीनबाट बधाई, सुदसँग छलफल


काठमाडौं, जेठ ११ (नागरिक)- प्रधानमन्त्रीको शपथ लिएको दिन प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय राजदूत राकेश सुदसँग भेट गरेका छन्। सुद प्रधानमन्त्री भेट्न अपराह्न नेपाल निवास कोटेश्वर पुगेका थिए। उनले नेपाललाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिए। भारतीय राजदूतले शान्ति प्रक्रिया र संविधान लेखनमा नयाँ सरकारले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

राजदूत सुदले नयाँ सरकारले माग गरेअनुरुप भारतीय पक्षबाट सहयोग हुने विश्वास दिलाएको बताइएको छ।

नेपालले प्रधानमन्त्रीको रुपमा शपथ लिएकै दिन उत्तरी छिमेकी चीनका प्रधानमन्त्री वेन जियाबाओको बधाई पाएका छन्। जियाबाओले नेपाललाई पठाएको शुभकामना सन्देशमा चीन-नेपाल सम्बन्धलाई आफूले उच्च प्राथमिकता दिएको उल्लेख छ।

एकीकृत (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भारतसँगको सम्बन्धलाई पुनःपरिभाषित गर्ने कोशिष गर्दा आफू सरकारबाट हट्नु पर्ने अवस्था आएको बताएका थिए। भारतले दाहाल नेतृत्वको सरकार चीनपरस्त भएको शंका गर्दै आएको थियो। तर माधव नेपालले सपथ लिएकै दिन दुवै छिमेकीबाट सकारात्मक सहयोगको संकेत पाएका छन्।

source:

http://www.nagariknews.com/politics/party-politics/1314-2009-05-25-15-44-27.html


प्रधानमन्त्री माधव नेपालले लिएको शपथ मिलेन



ज्योतिषको सल्लाह अनुसार मंगलबार शपथ ग्रहण गर्ने कार्यक्रम मिलाएको भए पनि आइतबार बिहानका पत्रपत्रिकाले त्यसको खुलासा गरेपछि उनको पार्टीभित्रैबाट आलोचना भएको थियो। त्यसैले उनी सोमबार नै शपथ लिन राजी भएका थिए। त्यस अनुसार सोमबार बिहान ११ बजेर ५ मिनेट जाँदा उनले शपथ लिन त लिए, तर उनको शपथ मिलेको छैन। शपथ परम्परागत रुपमा ईश्वरको नाममा लिइन्छ। नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले ‘ईश्वर’ नमान्ने हुनाले त्यो शब्दको ठाउँमा ‘देश र जनताको नाममा’ शब्द प्रयोग गर्ने गर्छन्। माओवादीहरुले पनि त्यसै गरेका थिए। तर माधव नेपालले आज गरेको शपथमा ईश्वर, देश र जनता कसैको नाम लिइएको छैन। त्यसैले वास्तवमा यो शपथ पूर्ण भएको छैन। साइत मै शपथ लिनका लागि उनले यो सब गरेका त हैनन् भन्ने प्रश्न पनि केहीले उठाएका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाको पनि पहिलो पटक गरिएको शपथ नमिलेपछि पुनः शपथ गराइएको थियो।

म माधवकुमार नेपाल
मुलुक र जनताप्रति
पूर्ण वफादार रही
सत्य निष्ठापूर्वक
प्रतीज्ञा गर्छु
कि
नेपाल कि
नेपालको राजकीय सता
र सार्वभौम सत्ता
नेपाली जनतामा
रहेको
नेपालको अनतरिम संविधान
२०६३
प्रति पूर्ण वफादार रहँदै
प्रधानमन्त्री पदको
कामकाज
प्रचलित कानुनको
अधिनमा रही
मुलुक र जनताको
सोझो चिताइ
कसैको डर नमानी
पक्षपात नगरी
पूर्वाग्रह
वा
खराब भावना
नलिई
इमान्दारिताका साथ
गर्नेछु

आफ्नो कर्तव्यको
पालनाको सिलसिलामा
आफूलाई
जानकारीमा आएको कुरा
म पदमा बहाल रहँदा
वा
नरहँदा
जुनसुकै अवस्थामा
पनि
कानुनको पालना
गर्दा
बाहेक
अरु अवस्थामा
कुनै किसिमबाट
पनि
प्रकट
वा
संकेत गर्नेछैन

जुन ठाउँमा उनले कि कि दोहोर्‍याएका छन्, त्यहाँ उनले कि

ईश्वरको नाममा शपथ लिन्छु कि
वा
देश र जनताको नाममा शपथ लिन्छु कि

source:

http://www.mysansar.com/temp/1096.html#more-1096

Nepal cabinet's first meeting 'reverts' earlier decision on republic monument

The first meeting of the new cabinet decided to set up a republic monument at Ratna Park, central Kathmandu, on Monday.

The cabinet reverted the Maoist-led government's decision to build such a monument in the premises of the Narayanhiti Palace Museum.

New Finance Minister Surendra Pandey said after the meeting held at Singh Durbar that the foundation stone for the monument would be laid on May 29, republic day.

The Maoist led government had even designed the monument proposed to be built within the premises of Narayahiti Museum. It was designed by architect Abhishek Bajracharya. However, the museum officials had objected to the plan saying the proposed area was not suitable. nepalnews.com ia May 25 09

source:

http://www.nepalnews.com/archive/2009/may/may25/news07.php