गाली गर्न मन छ भने निन्दाको यज्ञ नै लगाउनुस : प्रधानमन्त्री
काठमाडौं, असार २० (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले आफूले नेतुत्व गरेको निर्विरोध निर्वाचित सरकार नै नागरिक सर्वोच्चताको उदाहरण भएको बताएका छन्। नेकपा एमाले काठमाडौं महानगरपालिका ३५ नं. वडा कमिटीले शनिबार कोटेश्वर महादेवस्थानमा गरेको कार्यकर्ता भेटमा प्रधानमन्त्री नेपालले शान्तिसुरक्षा कायम गर्न नसके सरकारमा बस्नुको औचित्य नभएको बताए।
कसैले नागरिक सर्वोच्चता भएन भन्छ भने त्यो कुर्सी छोड्दा रिस उठेको झोकमा लगाएको आरोप मात्र भएको प्रधानमन्त्रीको तर्क थियो। आफैं सरकार र कुर्सी छाड्ने अनि अर्को कुर्सीमा बस्नेबित्तिकै जे मनमा आयो त्यो बोल्नु भनेको आफूविरुद्धको विष वमन मात्र भएको प्रधानमन्त्री नेपालले बताए। "मेरो विरुद्ध कसैलाई विषवमन या भर्त्सना गर्नु छ भने निन्दाको यज्ञ नै लगाउनुस्," प्रम नेपालले भने, "जस्तोसुकै चुनौती आए पनि नआत्तिने र निराश नहुने माधव नेपाल हो यो।"
शान्ति सुरक्षा कायम गर्न नसके सरकार छोड्ने आश्वासन कार्यकर्ता र जनतालाई दिँदैं गरेका प्रधानमन्त्रीले प्रशासनलाई सुरक्षामा सम्झौता नगर्न निर्देशन दिइसकेको बताए। व्यापारी रामहरि श्रेष्ठको हत्यारा सरकारलाई बुझाउन माओवादीलाई चेतावनीको शैलीमा निर्देशन दिँदैं प्रधानमन्त्री नेपालले भने- "अन्यथा जनताको आक्रोशको सिकार माओवादी हुनेछ।" उनले विवेक लुइँटेल, रामहरि श्रेष्ठ र ख्याती श्रेष्ठका हत्यारालाई कारवाही गर्ने नसके आफ्नो जिम्मेवारीको औचित्य नरहेको बताए।
यसअगाडि उनले लडाकुका क्याम्पहरु अपराधीका संरक्षण केन्द्र भएको पनि बताएका थिए।
प्रधानमन्त्री नेपालले सुशासन, शान्ति सुरक्षा र संविधान निमार्ण वर्तमान सरकारको प्रमुख दायित्य रहेको बताए। प्रधानमन्त्री भए पछि हरेक शनिबार काठमाडौं क्षेत्र नम्बर दुईमा जाने क्रममा उनी शनिबार कोटेश्वर पुगेका हुन्। उनले त्यही रहेको मतदान केन्द्रबाट संविधानसभामा मत व्यक्त गरेका थिए।

source:
No comments:
Post a Comment