Tuesday, July 7, 2009

Day 43: प्रधानमन्त्री परामर्शमा

प्रधानमन्त्री परामर्शमा


काठमाडौ‌, असार २३ (नागरिक)- व्यवस्थापिका संसदमा बिहीबार प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई लिएर प्रधानमन्त्री माधवकुमार नेपालले मंगलवार राष्ट्रपती रामवरण यादव र सभामुख सुवासचन्द्र नेम्वाङ, सरकारमा सहभागी दलका नेता र सचिवहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन्। प्रधानमन्त्री नेपालले मंगलबार राष्ट्रपति यादव, सभामुख नेम्वाङ, नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, फोरमका नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, नेकपा मालेका सिपी मैनाली लगायतका नेताहरुसँग छलफल गरेका हुन् ।

दलका नेताहरुलाई प्रधानमन्त्री कार्यालय सि‌हदरबारमा बोलाएर बिहीबार पेस गर्न लागिएको नीति तथा कार्यक्रममा विषयमा प्रधानमन्त्रीले सुझाव लिएको भेटमा सहभागी उपप्रधानमन्त्री गच्छदारले जानकारी दिए। दलका नेताहरुले जनताको भावनालाई प्रत्यक्षरुपमा सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी दिए ।

दलहरुको सहमतिअनुसार राष्ट्रपति रामवरण यादवले २५ गते अपरान्ह ४ बजे संवोधन गर्दैछन्।

source:

http://www.nagariknews.com/politics/parliament/2678-2009-07-07-08-59-28.html



No comments:

Post a Comment